March, 2019
now browsing by month
Data Analysis using Excel @ Diyalo College
आज मिती २०७५।१२।०६ गते दियालो कलेजमा ५ दिने शिक्षक प्रशिक्षण कार्यक्रम Data analysis using Microsoft Excel कार्यक्रमको शुरुवात भयो । कार्यक्रम वीरेन्द्र क्यापसका क्याम्पस प्रमुख श्री गोविन्द प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम को सभापतीत्वमा यस क्याम्पस सञ्चालन समितीका अध्यक्ष श्री विष्णु प्रसाद गौतमले गर्नु भएको थियो । कार्यक्रम दियालो कलेजको आयोजनामा र युनिभर्सिटी ग्राण्ड कमिशन को आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रमा १० विभिन्न क्याम्पसका ३० जना सहभागीहरुको उपस्थिीती रहेको छ । कार्यक्रममा बिरेन्द्र क्यापसका क्याम्पस प्रमुख, बालकुमारी क्याम्पसका क्याम्पस प्रमुख र सप्तगण्डकी क्याम्पसका क्याम्पस प्रमुखहरुले अनुसन्धानको महत्वलाई बुझ्दै दियालो कलेजले सञ्चालन गरेको यस कार्यक्रमको प्रशंशा गर्नुभयो । उक्त कार्यक्रममा डा. बिजयलाल प्रधान र उत्तम न्यौपानेले प्रशिक्षण प्रदान गर्नुभएको छ । औपचारीक कार्यक्रम श्री हरी प्रसाद चालिसेज्युले सञ्चालन गर्नुभएको थियो ।