प्रजातन्त्रवादी प्राध्यापकहरुको महाधिवेशनमा जगत तिमिल्सिना समूह विजयी
Posted by: Pradhan Bijay Lal | Posted on: March 4, 2017काठमाडौं, फागुन २०–
नेपाली काँग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघको चौथो राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ । महाधिवेशनको आज एक भव्य समारोहकाबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समुद्घाटन गर्नुभयो । संघका अध्यक्ष बासुदेव घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, रक्षा मन्त्री बालकृष्ण खाँडलगायतको सहभागिता रहेको थियो ।
महाधिवेशन भोली नयाँ नेतृत्व चयन गर्दै सकिनेछ । नयाँ नेतृत्वका लागि हालका महासचिव जगत तिमिल्सिना समूह र प्रकाश सिंह प्रधान समूहबीच प्रतिस्पर्धा हुँदैछ । प्रजातन्त्रवादी प्राध्यापकहरुको महाधिवेशनमा जगत तिमिल्सिना समूह विजयी ।
Comments are Closed