raj
3rd October
हे प्रिय यो देढ महिना काटु म कसोरी
यो मनको पीडा थामु म कसोरी ।
तिम्रो मुस्कान हाँसो स्पर्श चुम्छ सधै साथ
मेरी सुन्दर पत्नी, मेरो हृदयको प्रकाश
मेसेन्जरमा हाई दियर को पर्खाईमा हुन्छु
आवाज सुन्न नपाउदामा मन मनै रुन्छु
था’ छ मलाई गर्नु हुन्न येति धेरै आसक्ति
गारो हुन्छ मुटु पोल्छ दुवैलाई भत्भति
तरपनि भावनामा हरपल तिमि साथी
पर्खाईमा रहन्छु म हर रात जागी
त्यो दिनको पर्खाईमा छु माया तिम्रो गाथ
नछुटिने अँगालोमा राख्छु तिमीलाई साथ
नछुटिने अँगालोमा राख्छु तिमीलाई साथ
4th October
समुन्द्र परिको देशमा तिमी, हे मेरो जीवन साथी,
यो मनमा बसेको तिम्रो यादहरूले झकझकाई रहन्छ ।
तिम्रो बोलि, तिम्रो हाँसो, तिम्रो माया हे मेरी प्यारी ,
तिमीले बोलेको प्रेम बचनले मेरो मन चंगा गराई रहन्छ ।
विशेष छ तिमि संग गरेका फोन सम्बाद तथा मायाका बोलीहरु ,
जसले मेरो मन छुन्छ र जीवन रमाइलो बनाइ रहन्छ ।
दुरीमा छौ तिमि तर तिम्रो माया मेरो साथमा मेरो अँगालोमा
तिमि, म , र हाम्रो माया अनन्त अनन्त रही रहन्छ।
अनन्त अनन्त रही रहन्छ।
5th October
सुत प्रिय भोलि बिहान सात बजे उठ्नु पर्छ
भन्थौ तिमीले मेरो काखमा सुत्न तिम्लाई मन पर्छ
निदरीमा आउछु तिम्लाई सुमसुम्याउन मेरी प्रिय
मस्त निदाउ मेरी प्रिय भोलि चाँडै जाग्नु पर्छ
मस्त निदाउ मेरी प्रिय भोलि चाँडै जाग्नु पर्छ
6th October
तिम्रो सामिप्यताको अभाब खड्कीराखेको छ प्रिय
रातको निदरी अड्की राखेको छ प्रिय
चिस्यान बढ्दै गइराखेको छ प्रिय
ओच्छयानले तिम्रो प्रतिक्ष्या गरिराखेको छ प्रिय
यो डिजिटल जमानामा मेसेन्जरको माध्यमद्वारा
मायाका भावनाहरु साट्न उद्धत छु प्रिय
मोबाईलका स्क्रीनमा तिमीलाई समीप् पाउदा
हर्स र खुशीले गदगद हुन्छु प्रिय
ओठमा ओठ जोडिएको महसुश गर्न आतुर छु प्रिय
ओठमा ओठ जोडिएको महसुश गर्न आतुर छु प्रिय